Logo
१२ श्रावण २०८१, शनिबार
(December 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीको परिवार

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग भेटेका छन् ।

सुदूरपश्चिम महोत्सवका लागि धनगढी जाने क्रममा कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारसँग भेटेको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

जोशीको रिहाका लागि कुटनीतिक रुपमा सरकारबाट भरपुर पहल भइरहेको चाँडै नै नतिजा आउने गरी काम भइरहेको कुरा प्रधानमन्त्री प्रचण्डले कुरा राखेको बताइएको छ ।

प्रकाशित मिति: Dec 8, 2023

प्रतिक्रिया दिनुहोस्