Logo
२० बैशाख २०८१, बिहीबार
(December 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी यू—१९ एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको हो ।

नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, विहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले उक्त प्रतियोगिताका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रकाशित मिति: Dec 8, 2023

प्रतिक्रिया दिनुहोस्