Logo
१२ श्रावण २०८१, शनिबार
(December 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।

“नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ,” उनले भने, “अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्छ ।”

जग्गामा, सेयरबजार र क्रिप्टोमा भित्री रूपमा गएको कर्जाको प्रतिफल आउन ढिला भएकोले अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: Dec 5, 2023

प्रतिक्रिया दिनुहोस्