Logo
१७ बैशाख २०८१, सोमबार
(December 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छ : नेतन्याहु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् ।

उनले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई फिर्ता बोलाएपछि इजरायलको स्थल कारबाही जारी नराखी गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव हुने बताएका हुन् ।

शुक्रबार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११०बन्धकहरूलाई रिहा गरिएको थियो । नेतन्याहुका अनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जनालाई अझै पनि बन्दी बनाएका छन् । उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तीव्रताका साथ लडाई सुरु गर्न निर्देशन दिएको बताए ।

इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिब एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ ।

गाजामा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्व सुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।

प्रकाशित मिति: Dec 4, 2023

प्रतिक्रिया दिनुहोस्