Logo
१७ बैशाख २०८१, सोमबार
(October 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा क्यानडाका ४० कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह

भारत र क्यानडाबिचको तनाव झनै बढ्ने देखिएको छ । भारतले क्यानडाका ४० जना कूटनीतिज्ञलाई फिर्ता बोलाउन आग्रह गरेको हो ।

फाइनान्सियल टाइम्सका प्रकाशित रिपोर्टका अनुसार १० अक्टोबरबाट भारतमा बस्नेहरूले कूटनीतिज्ञको मान्यता नपाउने उल्लेख गरिएको छ ।

गत महिना क्यानडामा भएको खालिस्तानी नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएपछि दुई देशबिचको सम्बन्ध चिसिएको हो ।

यस विषयमा भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । अटोवामा रहेका भारतीय कूटनीतिज्ञको तुलनामा भारतमा क्यानडाका धेरै कूटनीतिज्ञहरू रहेका छन् ।

मंगलबार मात्र प्रधानमन्त्री ट्रुडोले आफू भारतसँग तनाव बढाउने पक्षमा नरहेको बताएका थिए । ‘हामी भारत सरकारसँग निकै जिम्मेवार र सिर्जनात्मक ढंगले सम्पर्क अघि बढाउँछौँ,’ उनले भनेका थिए ।

ऐतिहासिक रूपमा भारत र क्यानडाबिच राम्रो सम्बन्ध रहँदै आएको थियो । गत १८ जुनमा क्यानडामा खालिस्तानी नेता हर्दीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो । त्यसपछि सेप्टेम्बरमा ट्रुडोले यस हत्याकाण्डमा भारतको पनि संलग्नता रहेको दाबी गरेका थिए । भारतले निज्जरलाई सन् २०२० मा आतङ्कवादी करार गरेको थियो ।

प्रकाशित मिति: Oct 4, 2023

प्रतिक्रिया दिनुहोस्