Logo
१७ बैशाख २०८१, सोमबार
(September 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी कमान्डरहरूको बैठकमा युक्रेनको हमला, कयौँ मारिएको दाबी

युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलामा थप जानकारी साझा गरेको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो ।

एक संक्षिप्त बयान जारी गर्दै युक्रेनको सेनाले यस हमलामा कयौँको मृत्यु भएको र धेरै जना घाइते भएको दाबी गरेको छ । यो हमला रुसको ब्ल्याक सी फ्लीटका कमान्डरहरूको बैठकलाई निशाना बनाएर गरिएको उसको जिकिर छ ।

यता युक्रेनकै गुप्तचर प्रमुख क्रिलो बुडानोफका अनुसार हमलामा दुई शीर्ष कमान्डर गम्भीर रुपमा घाइते भएका छन् । उनले कम्तीमा ९ जना मारिएको दाबी पनि गरेका छन् ।

शुक्रबार रुसले हमलापछि एक सैनिक बेपत्ता बनेको बताएको थियो । क्राइमियाकाको सेवास्तेपोलमा रुसको ब्ल्याक सी फ्लीटको अड्डा रहेको छ । यसलाई रुसी नौसनाको सबैभन्दा राम्रो फ्लीट मानिन्छ ।

बीबीसीले युक्रेनी सेनाको स्रोतलाई उद्धृत गर्दै हमलामा स्ट्रोम स्याडो क्षेप्यास्त्र प्रयोग भएको उल्लेख गरेको छ । यो क्षेप्यास्त्र युक्रेनलाई बेलायत र फ्रान्सले दिएको हो ।

प्रकाशित मिति: Sep 24, 2023

प्रतिक्रिया दिनुहोस्