Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिजको अवसर पारेर गायक भारतीले ल्याए “बाँदर लड्ने भीर” बोलको गीत

मेलोबाबाको दोस्रो सिरिज ‘छानू’ को सफलतापछि सर्जक तथा गायक अमृत भारतीले हरितालिका तिजको अवसर पारेर नयाँ गीत ल्याएका छन् । आफ्नै मौलिक शब्द तथा लयमा भारतीले ‘बाँदर लड्ने भीर’ बोलको गीत ल्याएका हुन् ।

भारतीको मौलिक शब्द तथा लयमा तयार भएको यस गीतमा चर्चित गायक राम कुमार नेपाली र गायिका शान्ति श्री परियार र मुना ठटालको सुमधुर स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोको परिकल्पना भारती आफैले गरेका हुन् । गीतले समाजमा घटेको वास्तविक घटनालाई समेटेको भारती बताउँछन् ।

‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत नभई सन्देशमुलक गीत हो, उनले भने,‘विवाहित नारीले आफ्नो श्रीमान बाट पाउनु पर्ने माया नपाएको जाँड रक्सी खाएर श्रीमतीलाई दिन–दिननै पिट्ने, बिरामी पर्दा नहेर्ने जस्ता मर्म स्पर्शी पीडाका दृश्य समाहित गरिएको विल्कुलै फरक आवरणमा तयार पारिएको गीत हो ।’

गीतको भिडिओमा शिशिर भण्डारी, रोशनी कार्की, मनोज लामिछाने, बिल बहादुर बि.क,सरिता राजोपाध्याय्, कृष्ण कुमारी र बिनिता दाहालको मुख्य अभिनय रहेको छ ।

शंखर बि.सीले निर्देशन र कोरियोग्राफी गरेको गीतलाई राजेश घिमिरेले सिनेम्याटोग्राफी गरेका हुन् । गीतको भिडिओलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

गीतको सुटिङ काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ को रमणीय स्थल गैरी गाँउ र ढाडा गाँउको विभिन्न ठाउँमा छायांकन गरिएको भारतीले जानकारी दिए ।

गजलकारसमेत रहेका भारतीले यसअघि देशभरका रेडियो स्टेशनबाट गीत सार्वजनिक गरिसकेका छन् । सानैदेखि गीत-संगीतमा रुचि राख्ने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं–२ मा जन्मिएका भारतीले अहिले गायन क्षेत्रमा छुट्टै स्टण्ड बनाउँदै आएका छन् ।

भारती पिक्चर्स यूट्युब च्यानलबाट भिडियो हेर्न सकिनेछ ।

प्रकाशित मिति: Aug 20, 2023

प्रतिक्रिया दिनुहोस्