Logo
२४ बैशाख २०८१, सोमबार
(August 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन

लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको हो ।

यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५  प्रतिशत कोष प्रवर्दधक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: Aug 4, 2023

प्रतिक्रिया दिनुहोस्