Logo
२४ बैशाख २०८१, सोमबार
(August 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेशनल हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

नेशनल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १०ः५ को अनुपातमा असार २९ गतेदेखि निष्काशन गरेको हकप्रद शेयर मा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४ सय ५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३२ गतेसम्म कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।

प्रकाशित मिति: Aug 3, 2023

प्रतिक्रिया दिनुहोस्