Logo
२४ बैशाख २०८१, सोमबार
(August 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गराउन खोज्दा शिक्षा प्रमुखको सरुवा माग

त्यसका लागि विभिन्न विद्यालयका १८ जना प्रधानाध्यापकहरूले अदालतमा मुद्दा हालेका थिए । यति मात्र नभएर उनीहरूले उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । उच्च अदालतबाट समेत अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले साउन ३ गते सूचना जारी गर्दै प्रधानाध्यापक पदको लागि आवेदन आह्वान गरेको थियो । साउन ५ गते परीक्षा तालिकाको लागि सूचना प्रकाशित गरेको थियो । सर्वोच्चले उक्त कार्य हाललाई नगर्नु नगराउनु भनी उत्प्रेषण परमादेश समेतको आदेश जारी भएपछि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो ।

अदालतको आदेशपछि प्राध्यापक नियुक्ति प्रक्रिया रोकिएको शिक्षा शाखाका उपसचिव ललितविक्रम सिंहले जानकारी दिए । १५ दिने सूचना जारी गरेर नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो । अदालतको आदेशपछि रोकिएको सिंहले बताए ।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न खोजेपछि उपसचिव सिंहको सरुवा माग गर्ने गिरोह सक्रिय बनेको छ । विभिन्न राजनीतिक दलमा आबद्ध प्रधानाध्यापकहरू तथा नेताहरूले सिंहको सरुवा माग गर्दै हेटौँडामा रहेको प्रदेश सरकारकहाँ धाउन थालेका हुन् ।

बाग्मती प्रदेश सरकारले प्रदेश निजामती ऐनलाई समेत स्थानीय तहमा रहेका कर्मचारीहरू को सरुवा गर्न सकिने गरी बनाएको छ । स्थानीय तहमा काम गर्ने कर्मचारीहरूको अवधि नपुगी सरुवा हुँदैन भन्ने मान्यतालाई प्रदेश निजामती ऐन बाधक बनेको देखिन्छ ।

सामान्यतया शाखा प्रमुखहरूको २ वर्ष नपुगी सरुवा गर्नु हुँदैन भन्ने मान्यता छ । तर, बागमती प्रदेशको ऐन अनुसार जुनसुकै बेला पनि सरुवा गर्न सकिने रहेको छ । जसले गर्दा राम्रो काम गर्न खोज्ने कर्मचारीहरूको राजनीतिक आडमा सरुवा गरिने प्रकृति हाबी हुँदै गएको छ ।

बुढानीलकण्ठको शिक्षा शाखामा आएको सवा वर्ष पुगेको छ । प्रधानाध्यापकलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गराउन खोज्दा सरुवा माग्नको लागि हेडौंटा पुगेको जानकारी आफूले पनि पाएको सिंहले बताए ।

सिंह आएपछि संस्थागत विद्यालयमा रहेको विकृतिको अन्त्य गर्दै नियमसंगत बनाउन खोजेका छन् । आफूखुसी ७० प्रतिशतसम्म शुल्क बढाउने निजी विद्यालयहरूको प्रयासलाई उनैले असफल पारेका थिए ।

उनले शिक्षक दरबन्दी मिलानलाई समेत कानुन स्वमत तरिकाले लैजान खोजेका थिए । त्यही बेला उनको सरुवा माग गर्दै गिरोह हेटौडा पुगेको थियो । तर, त्यो बेला सकेन । अहिले भने नगरपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयमध्ये १८ वटा प्रधानाध्यापक नै सरुवाका लागि धाउन थालेका हुन् ।

प्रकाशित मिति: Aug 3, 2023

प्रतिक्रिया दिनुहोस्