Logo
२४ बैशाख २०८१, सोमबार
(August 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुमारी बैंकको ३४ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्लाा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३४ लाख ५९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी प्रेम बहादुर भण्डारीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्य कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति ९साउन १६ गते० ले ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार कुमार क्यापिटल र बैंकको प्रधान कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: Aug 1, 2023

प्रतिक्रिया दिनुहोस्