Logo
१७ बैशाख २०८१, सोमबार
(July 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदिकविको २१० औँ जन्मजयन्ती यसरी मनाइयो (तस्बिरहरू)

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ ।

सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

प्रकाशित मिति: Jul 14, 2023

प्रतिक्रिया दिनुहोस्