Logo
२५ बैशाख २०८१, मंगलबार
(July 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३९ अंकले घटेर नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा ओर्लियो

बुधबार सेयर बजार परिसूचक नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से सूचकमा आज ३९ अंक माथिको गिरावट आएको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.८९ अंकले घट्दै ३८२.७४ अंकको विन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक (माइनस) हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ३.३१ प्रतिशतले घटेको छ भने आज निर्जीवन बीमा समूहको उपसूचक २.७५ प्रतिशतले घटेको छ ।

यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक २.१८ प्रतिशतले घट्दै गर्दा बैंकिङ्ग समूह र डेभलपमेन्ट समूहको उपसूचक क्रमशः ०.९० प्रतिशत र १.६८ प्रतिशतले घट्न पुगेको छ । आज सिटी होटलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घट्न पुगेको छ ।

समग्रमा ३९ अंकले घटेको बजारमा आज कूल ३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको ८० लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: Jul 5, 2023

प्रतिक्रिया दिनुहोस्