Logo
५ जेष्ठ २०८१, शनिबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा चलेन ‘आदिपुरुष’ : २ दिनमा मात्र १ करोड ५० लाखको कारोवार

दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ अहिले नेपालमा प्रदर्शनरत छ ।

फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित व्यवसाय गर्न नसकेको हो ।

विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार फिल्मको उपत्यका बाहिर खासै व्यवसाय देखिएको छैन ।

निर्माण समय देखिनै चर्चामा रहेको फिल्म ‘आदिपुरुष’को नेपालमा पनि क्रेज राम्रो देखिएको थियो ।

फिल्मको नेपाल वितरक मनोज राठीले फिल्मले आफूले साचेजस्तो व्यवसाय गर्न नसकेको बताए । फिल्मको व्यवसाय ठिकै छ । कति व्यवसाय गर्यो त्यो भने हेर्न बाँकी छ ।

फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्मको उपनाम दिएका छन् ।

फिल्ममा प्रभास रामको भूमिकामा छन्, भने कृति सिताको । अभिनेता सैफ अलि खानको भूमिका रावणको रहेको छ ।

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्