Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदिपुरुषको ट्रेलरले तोड्यो आरआरआरको रेकर्ड

प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुषको बहुप्रतिक्षित ट्रेलर मंगलबार रिलिज भएको छ । रिलिज भएको केही घण्टामै फिल्मको ट्रेलरले आरआरआरको रेकर्ड तोड्न सफल भयो ।

हिन्दी ट्रेलरले नै २१ घण्टामा युट्युबमा ५ करोड १० लाख भ्युज पारेको छ । यूभी मोसन पिक्चरद्वारा साझा गरिएको ट्रेलरले तेलुगुमा १ करोडभन्दा बढी भ्यूहरू, तमिल र मलायालममा ३३ लाख र कन्नडमा १७ लाखभन्दा बढी भ्यूहरू प्राप्त गरेको छ। यो सङ्ख्या निरन्तर बढ्दै गएको देखिन्छ ।

यसअघि आरआरआरले २४ घण्टामा कूल ५.११ करोड भ्युज कमाएको थियो । आदिपुरुषले ८ घण्टामा नै सो आँकडा पार गरेको थियो। भ्युजका साथसाथै आदिपुरुषको ट्रेलर लाईकको हिसाबले पनि निकै अगाडि छ । ट्रेलरलाई ५ मिनेटमै १ लाखभन्दा बढीले लाइक गरेका छन् । यसअघि यो कीर्तिमान केजीएफ च्याप्टर २ मा रहेको थियो ।

प्रकाशित मिति: May 11, 2023

प्रतिक्रिया दिनुहोस्