Logo
२५ बैशाख २०८१, मंगलबार
(April 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा एमालेको प्रश्न : माओवादीले लगेको ९५ करोड रुपैयाँ खोइ ?

प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सेना समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् ।

अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरुलाई अहिले दुई दुई २÷२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्दै उनले अनमिनले पुनः प्रमाणीकरण गर्दा एकीन नभएका २ हजार ४५१ जना लडाकुको नामा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको बताए । उनले सो रकम  कहाँ गएको प्रश्न गरे ।

शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिएर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने चेतावनी दिँदै प्रमुख सचेतक गिरीले आर्थिक संकटमा रहेका बेला सरकारले ४ हजार ८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको बताए ।

प्रकाशित मिति: Apr 28, 2023

प्रतिक्रिया दिनुहोस्