Logo
७ बैशाख २०८१, शुक्रबार
(March 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कात्तिक ३ मा ‘परदेशी २’ प्रदर्शन हुने

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ नयाँ वर्षको कात्तिक ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो ।

यस अगाडि गत फागुन ५ गते आउने भनिएको फिल्म यो मितिमा प्रदर्शन हुन सकेन । फिल्मको प्राविधिक नसकिएको जनाउँदै निर्माण युनिटले रिलिज सारेको थियो ।

फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ । प्राविधिक कार्य पनि राम्रोसँग सकाउने उदेश्यले फिल्म कात्तिकमा पुर्याइएको निर्देशक रायमाझीले बताए ।

‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।

नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ ।

नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामा बाहिर एफडी कम्पनीले गर्नेछ ।

प्रकाशित मिति: Mar 27, 2023

प्रतिक्रिया दिनुहोस्