Logo
२५ बैशाख २०८१, मंगलबार
(March 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोसी’ नाम खारेजीको आन्दोलनमा घाइते लिम्बूको निधन

कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लागेहाङ)को मृत्यु भएको छ ।

प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान-१५ का लिम्बूको आज(शुक्रबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर घाइते भएका उनलाई हिजो राति अचानक बेहोस भएपछि बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको उनको उपचारका क्रममा बिहान २ : ३० बजे नै मृत्यु भएको हो । यसैबीच प्रदेश नं १ को पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ ।

समितिले विज्ञप्ति जारी गर्दै थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँ लैजाने तयारी भइरहेको अवस्थामा लिम्बूले वीरतापूर्ण मृत्युवरण गरेको भन्दै उनलाई शहीद घोषणा गर्न माग गरेको हो ।

साथै समितिले लिम्बूको हत्याको जिम्मा कोसी नाम राख्ने ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनुपर्ने बताएको छ ।

‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोसी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ, ’ विज्ञप्तिमा उल्लेख छ ।

लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न समेत माग गरिएको छ ।

प्रकाशित मिति: Mar 24, 2023

प्रतिक्रिया दिनुहोस्