Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा २२.६५ अंकले उकालो

साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ ।

आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा आएर रोकिएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २ं.९७ अङ्कले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसि एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।

यता आज सबै उपसुचकहरुमा उकालो लागेको छ । उक्त उपसुचकहरु मध्ये ट्रेडिङ सुचकको ३.६४ प्रतिशत, होटल तथा पर्यटन र हाइड्रोपावर सुचक २ प्रतिशतले उकाललो लागेको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्