Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुरका जिल्ला सभापति समेत रहेका कार्की कांग्रेस संसदीय दलको उपनेतामा नियुक्त

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता नियुक्त गरेका हुन् ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।

सभापति शेरबहादुर देउवा निकटका कार्कीको नियुक्तिसँगै प्रदेश संसदीय दलमा हालसम्म चयन भएका सबै पदाधिकारी संस्थापन पक्षका छन्।

शेखर कोइराला पक्षका अहिलेसम्म कोही परेका छैनन्। प्रमुख सचेतकमा यसअघि नै संस्थापनकै भूपेन्द्र राई चयन भएका छन्। सचेतक नियुक्ति बाँकी छ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्