Logo
११ बैशाख २०८१, मंगलबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द एलिफेन्ट व्हिस्पर्सले ओस्कार जितेपछि तमिलनाडु सरकारद्वारा राहतको घोषणा

गत मार्च १३ मा भएको ओस्कार अवार्ड २०२३ मा ‘द एलिफेन्ट व्हिस्पर्स’ले ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड जित्यो । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र उसको हेरचाह गर्नेहरुको पक्षमा फैसला लिएको छ ।

सरकारले योजना अनुसार अब ८ करोड रुपैंयाँ लागतमा कोयम्बटूर चावडीमा अत्याधुनिक सुविधासहितको नयाँ हात्ती शिविर बनाइनेछ । मुख्यमन्त्री एमके स्टालिनले हात्तीको सुरक्षा गर्ने हेरालुलाई मुख्य मन्त्री राहत कोषबाट जनही १ लाख रुपैंयाँ दिने घोषणा गरेका छन् ।

फिल्ममा मुदुमलाई टाइगर रिजर्भका केयरटेकर जोडी बोमन र बेली लिडले प्रमुख भूमिका निभाएका छन् । उनीहरुको अभिनयको सराहना गर्दै तमिलनाडु सरकारले राज्यको २ शिविरको सबै ९१ हात्तीका माउतेलाई मुख्यमन्त्री राहत कोषबाट जनही १ लाख दिन लागिएको हो ।

सरकारले प्रख्यात अन्नामलाई टाइगर रिजर्भमा हात्ती शिविर बनाउनका लागि ५ करोड रुपैंयाँ दिएको छ । सरकारले त्यो रकमले हात्तीलाई संरक्षण गर्ने जनाएको छ ।

फिल्ममा कार्तिकी गोन्जाल्विसको निर्देशन र गुनित मोंगाको निर्माण छ । ३९ मिनेटको यो सर्ट फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ ।

 

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्