Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुविवाह गर्ने छिन्नमस्ता २ का सुरेन्द्र खंग जेल चलान

मधेश प्रदेश स्थित सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् ।

मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए ।

उनलाई फागुन ३० गते पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेस गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्