Logo
१५ चैत्र २०८०, बिहीबार
(March 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोहितको अर्धशतकमा नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

कप्तान रोहित पौडेलको अर्धशक अनी गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन । नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । आरिफ शेखले ४३ र गुलशन झा ले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।

ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।

रोहितले ११२ बल खेल्दै ९ चौकम प्रहार गरी ७७ रन बनाए ।

भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए ।

रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२-६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रमक ब्याटट्टिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।

४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए । नेपाली इनिङ्समा गुल्शन सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने ।

त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने २ रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा २ रनमा आउट भए ।

यूएईका लागि आयान अफजल खान, जाहुर खान, रोहन मुस्ताफा र जावार परिदले २-२ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकीले समान १ विकेट लिए ।

प्रकाशित मिति: Mar 12, 2023

प्रतिक्रिया दिनुहोस्