Logo
१७ बैशाख २०८१, सोमबार
(February 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँग एनआरएनए अस्ट्रेलियाका महासचिवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए) अस्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा अवगत गराएका थिए । भेटपछि महासचिव अधिकारीले भने, ‘अस्ट्रेलियास्थित नेपाली राजदूतावासमा जनशक्ति कम हुँदा नेपालीहरूले समस्या भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएँ । प्रधानमन्त्रीले समस्या समाधानमा पहल गर्छु भन्नुभएको छ ।’

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल तथा नेपालका लागि अस्ट्रेलियन राजदुत फेलिसिटी भोकसँग पनि महासचिव अधिकारीले छुट्टै छुट्टै भेटवार्ता गरेका थिए । भेटमा महासचिव अधिकारीले महासङ्घले उठाएका विभिन्न विषयमा उनलाई जानकारी गराएका थिए ।

भेटमा अधिकारीले अर्धदक्ष श्रमिक अस्ट्रेलिया लैजाने विषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिए । अस्ट्रेलियामा रहेका केही नेपाली विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्या देखिएको भन्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

भेटमा नेपालमा अस्ट्रेलियाबाट पर्यटक ल्याउने विषयमा पनि छलफल भएको थियो । सन् २०२२ मा अस्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएका छन् । साथै थप पर्यटक भित्र्याउनका लागि महासङ्घले पहल गरिराखेको जनाइएको छ ।

प्रकाशित मिति: Feb 2, 2023

प्रतिक्रिया दिनुहोस्