Logo
२३ माघ २०७९, सोमबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभासको ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने

अभिनेता प्रभास स्टारर बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गरेको नयाँ पोष्टरमा फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरिएको छ । प्रभासको अलवा कृति सेनन, सैफ अली खान र सन्नी सिंहको समेत फिल्ममा मुख्य भूमिका छ ।

‘आदिपुरुष’ को भिएफएक्सदेखि लिएर प्रभास, सन्नी सिंह, कृति सेनन र सैफ अली खानको लुकलाई मानिसहरुले निकै ट्रोल गरेका छन् । सैफ अलि खानको दाह्रीले सबैभन्दा बढी हल्ला मच्चाएको छ ।

यस्तो अवस्थामा यसलाई सुधार गर्न फिल्मको प्रदर्शन मिति थपिएको दाबी गरिएको थियो । ‘आदिपुरुष’ लाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्म करिब ५०० करोडको बजेटमा बनेको हो । कतिपय रिपोर्टले ‘आदिपुरुष’ आइम्याक्स थ्रीडीमा रिलिज हुने दाबी गरेका छन् ।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्