Logo
२७ बैशाख २०८१, बिहीबार
(November 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोटीमा प्रेम आलेले जित्ने विश्वास छ : आनन्द विष्ट

नेपाली कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाइएका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित्ने विश्वास रहेकाे बताएका छन् ।

बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक भएकाले डोटीमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे ।

‘विशेष परिस्थितिमा गठबन्धन बनेको हो। मुलुक अप्ठ्यारोमा गएको समयमा कांग्रेसलाई सत्तामा पुगाएर स्थिरता ल्याउन गठबन्धनका साझा उम्मेदवार प्रेम आलेजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, ‘ उनले भने, ‘कांग्रेस सत्तामा पुगेको कारण शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि सम्पन्न हुँदै छ,’ नेता विष्टले बताए।

गठबन्धनले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र डोटीबाट गठबन्धनका उम्मेदवारलाई विजयी गराए विकास निर्माणका लागि आफूहरूले पनि दवाव दिनसक्ने विष्टले बताए। डोटीको

प्रकाशित मिति: Nov 17, 2022

प्रतिक्रिया दिनुहोस्