Logo
१७ बैशाख २०८१, सोमबार
(June 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण अफ्रिकाको नाइट क्लबमा २१ विद्यार्थीको शव फेला

दक्षिण अफ्रिकाको एक नाइट क्लबमा २१ विद्यार्थी मारिएका थिए । बालबालिका उच्च माध्यमिक विद्यालयको परीक्षा सकिएको उत्सव मनाउन क्लब गएका थिए ।

प्रहरी अधिकारीका अनुसार मारिएका बालबालिकाको शवमा कुनै चोटपटक भेटिएको छैन । मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । घटनामा मारिएका विद्यार्थीको उमेर १३–१७ वर्ष रहेको बताइएको छ ।

ब्रिगेडियर थेम्बिन्कोसी किनानाले भने क्लब भित्र १७ जनाको शव फेला परेको र उपचारका क्रममा ४ बालबालिकाको मृत्यु भएको छ ।

अहिले शव पोष्टमार्टमका लागि पठाइएको र मृत्युको कारण विष सेवनले भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

रिपोर्टका अनुसार यो खबर पाएलगत्तै बालबालिकाका अभिभावकहरुको भीड क्लबबाहिर देखिएको थियो ।
प्रान्तीय प्रधानमन्त्री ओस्कर माबुयानेले भने “म पक्का छैन कि एउटै झटकामा २१ बालबालिकाको ज्यान गएको छ । रक्सी सेवन खतरनाक छ । सहरको बिचमा खुलेआम मदिरा बिक्री गर्नु गलत हो । बच्चाहरूले यो प्रयास गर्दैनन् भनेर हामी मान्न सक्दैनौं ।”

प्रकाशित मिति: Jun 27, 2022

प्रतिक्रिया दिनुहोस्