Logo
१७ बैशाख २०८१, सोमबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकारको मन्त्रीपरिषदमा हेरफेर : भोली ११ बजे नयाँ मन्त्रीहरुको सपथग्रहण

संघीय सरकारको मन्त्रीमण्डलमा पुर्नगठन गरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री सहित मन्त्रीमण्डल पुर्नगठन गरेका हुन्।

सत्तारुढ दल एकीकृत समाजवादीले नयाँ मन्त्रीका लागि नाम सिफारिस गरेसंगै दबाबमा परेको देउवा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर गरेको हो ।

नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।

यसअघि पर्यटनमन्त्रीमा प्रेम आले, सहरी विकास रामकुमारी झाँक्री, श्रममन्त्रीमा कृष्ण कुमार श्रेष्ठ र स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा रहेका थिए ।

यसअघिका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ अहिले मन्त्री बनेका छन् । नयाँ मन्त्रीको सपथ ग्रहण भोली ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

एकीकृत समाजवादी पार्टीभित्र मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल पुर्नगठनका लागि दवाव परेको थियो ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्