Logo
१७ बैशाख २०८१, सोमबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणकपुरक संख्या एकिन गर्न माग गरेका थिए ।

यसपछि गणकपुर संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैडक स्थगित गरेका हुन् ।

कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जनामात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताए ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्