Logo
२३ बैशाख २०८१, आईतबार
(May 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे ।

निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ ।

निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ ।

बिहीबार सर्वाेच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको भोलिपल्टै शुक्रबार उनले मौखिक रुपमा संसदमा उक्त प्रस्ताव गरेका हुन् ।

प्रकाशित मिति: May 27, 2022

प्रतिक्रिया दिनुहोस्