Logo
२६ बैशाख २०८१, बुधबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा अध्यक्षमा राजीवराज पौड्यालको उम्मेदवारी घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) का मार्केटिङ एण्ड एजुकेसन समिति प्रमुख तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीवराज पौड्यालले आगामी ६ असारमा हुने एन्फा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै राजीवले उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका हुन् । एसियाली फुटबल महासंघ एएफसीको मार्केटिङ कमिटीको सदस्यसमेत रहेका राजीवले फुटबल विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।

उनले पाँच पृष्ठको योजना निकाल्दै आफ्नो उम्मेदवारी दिने घोषणा गरेका थिए । उनले आफ्नो प्राथमिकतामा रहेका पाँच योजना समेत प्रस्तुत गरेका थिए ।

जसमा सुशासन, ग्रासरुट युवा तथा महिला फुटबल, खेल पूर्वाधार र क्षमता निर्माण, प्रतियोगिता र राष्ट्रिय टिम तथा सरोकारवाला रहेको छ ।

यसअघि दुई समूह बनाउँदै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्षले आगामी चार वर्षे कार्यकालका लागि उम्मेदवारी घोषणा सहित दर्ता गराएका छन् ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्