Logo
२१ असार २०८२, शनिबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

मधेश प्रदेशस्थित धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्