Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिने गठबन्धनको निर्णय

file photo

आइतबार बसेको सत्तारूढ गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।नेताहरूबीचमा सिट बाँडफाँट छिटो गर्ने सहमति पनि बनेको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै कार्यदलको बैठक पनि आजै दिउँसो १ बजे बस्ने तय भएको छ ।कांगेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल यसअघि नै बनिसकेको छ ।

बैठकमा जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल गर्ने र टुङ्गोमा पुग्ने सहमति बनेको छ ।कार्यदलले सिट बाँडफाँटको प्रस्ताव शीर्ष नेताहरूमाझ प्रस्तुत गरेपछि मात्र अन्तिम निर्णय गरिने जनाइएको छ ।

महानगर र उपमहानगरको टुङ्गो केन्द्रले लगाउने सम्भावना छ ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्