Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा नेकपा एमाले र कांग्रेस नेता गोविन्दराज जोशी समूहबीच गठबन्धन

तनहुँ जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूहबीच चुनावी तालमेल हुने भएको छ ।

शनिबार राति दुवै समूहबीच यस्तो सहमति भएको हो । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबन्डा हुनेछ ।

‘काँग्रेस पार्टी हामीसँग मिल्न खोजेन । तिमीहरुको सहयोग चाहिएन भनेपछि एमालेसँग सहमति भएको हो,’ जोशीले भने, ‘तनहुँका १० वटा पालिकामै गठबन्धन हुनेछ । तर हामीले सूर्य चिह्न लिँदैनौँ । स्वतन्त्र चिह्नमा लड्ने हामीलाई एमालेले सहयोग गर्नेछ भने हामीले एमालेलाई सहयोग गर्नेछौँ ।’ तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उम्मेदवार बनाएका छन् ।

जोशी र एमालेका जिल्ला स्तरका नेताहरुबीच यस्तो सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्