Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने

यस बर्षको स्थानीय तहको निर्वाचनको मतदाता शिक्षाका लागि निर्वाचन आयोगले घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ ।

पहिलाको निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने बताए ।

मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइने उनी बताउँछन् ।प्रवक्ता पौडेलले भने, ‘घरदैलो अभियान प्रभावकारी भएन, सिकाउनेहरु निष्पक्ष भएनन्, जिम्मेवारपूर्ण काम गरेनन् भन्ने गुनासो आएकाले यस वर्ष वैशाख २९ र ३० गते मतदान केन्द्रमै सूचना केन्द्र स्थापना गरी भोट हाल्ने तरिका सिकाइने छ ।’

आयोगका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउने गरी संक्षिप्त कार्यक्रम गर्ने उनले बताए ।

घरदैलो अभियान सञ्चालन नगरे पनि सूचना प्रविधिलाई उपयोग गरेर भोट मतदाता शिक्षा दिइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् ।

यस वर्ष आयोगले मतदाता शिक्षाका लागि सञ्चार माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने नीति लिएको छ ।

 

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्