Logo
१८ बैशाख २०८१, मंगलबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्य पार्टीसँग औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिएका छन् ।

उनले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अन्य पार्टीसँग पनि औपचारिकरुपमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका हुन् । उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरू कुनै दलसँग पनि चलाएको छैन ।’

यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए । शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उनले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरूमा निःशुल्क शिक्षा दिने बताए ।

उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।’

उनले भने, ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।’फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा व्यवसाय मान्नेहरू पार्टीबाट बाहिरिएको बताए ।

देशलाई माया गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरू यही पार्टीमा रहेको उनको तर्क थियो ।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्