Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलतः विक्रम सम्वत्ले नै सबै नेपालीलाई सामाजिक सद्भावमा डोर्‍याउँछ : प्रदेश प्रमुख खापुङ

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सम्पूर्ण नेपालीहरूको नयाँ वर्ष विक्रम सम्वत् २०७९ सालको पावन अवसरमा समस्त दाजुभाई, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर उन्नति, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

उनले विविधता युक्त तथा फरक विशेषता बोकेको प्रदेश नं.१ मा सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदाय रहेका छन् । सबै जाति, भाषिक, धार्मिक तथा सांस्कृतिक समुदायले आ-आफ्नै नयाँ वर्ष मनाएता पनि मुलतः विक्रम सम्वत्ले नै सबै नेपालीलाई डोर्‍याएको कुरा प्रष्ट पारेका छन् ।

नब बर्षका कारण समाजमा हुने सामाजिक सद्भाव, सहिष्णुता यस प्रदेशको  चिनारी भएको उनले बताएका छन् । उनले भने, समुन्नत मुलुक बनाउन, संघीयतालाई बलियो बनाउन अहम् भूमिका खेलिरहेको छ । समुदाय बलियो भए समाज बलियो हुन्छ । समाज बलियो भए प्रदेश बलियो हुन्छ र प्रदेश बलियो भए संघ बलियो हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै हिड्न सक्ने वातावरण बनाउन यसै अवसरबाट संकल्प गरौं ।’

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्