Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया-रणबीरको १४ अप्रिलमा विवाह हुँदै, यस्तो छ उनीहरुको लभ स्टोरी !

धेरै लामो समयदेखि बलिउड बजारमा प्रेमको चर्चामा रहेको अभिनेता रणबीर कपुर र अभिनेत्री खालिया भट्टको यी अप्रिल १४ गते विवाह हुदै छ ।

भट्ट परिवारका अनुसार यी दुई विवाहको मिति पनि निश्चित भइसकेको छ ।अब विवाहको मिति सार्वजनिगर्दै आलिया भट्टका काका रबिन भट्टले बीबीसी हिन्दीसँग यसबारे पुष्टि गरेका छन् ।

उनले भने , ‘आलिया र रणबीरको विवाह १४ अप्रिलमा हुनेछ । विवाहको रिसेप्सन १७ देखि १८ अप्रिलसम्म हुनेछ । विवाहको सबै कार्यक्रम आरके हाउसमा हुने भएको छ ।’

उनीहरुको प्रेम कहानीको कुरा गर्ने हो भने आलिया भट्टले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै रणबीर कपुरका लागि आफ्नो प्रेम लगभग सबैलाई बताइसकेकी थिइन् । यो सन् २०१२ को कुरा हो जब आलियाको फिल्म स्टुडेन्ट अफ द इयर रिलिज भएको थियो ।

लामो समयदेखि आलिया भट्ट र रणबीर कपुरको विवाहको चर्चा चलिरहेको छ । सोसल मिडियामा पनि उनीहरुको तस्बिर आउनेबित्तिकै धेरैले विवाह कहिले भनेर सोध्ने गर्छन् ।

आलिया र रणबीर मुम्बईको आरके हाउसमा विवाह गर्नेछन् । विवाह समारोहमा कपुर र भट्ट परिवारका साथै उनका नजिकका साथीहरु पनि समावेश हुनेछन् । अलिया विवाह अघि आफ्ना विशेष साथीसँग एउटा ब्याचलर पार्टीको आयोजना पनि गर्ने तयारीमा छिन् ।

आलियाले कफी विद करणमा के भनेकी थिइन् ?

आलिया भट्टले रणबीर कपुरको विषयमा आफ्नो झुुकावको संकेत कफी विद करणको शोमा दिएकी थिइन् ।

जब उनी पहिलो पटक आफ्नो फिल्म स्टूडेंट अफ द इयरको प्रोमोशनका लागि शोमा पुगेकी थिइन् तब उनलाई निर्देशक तथा निर्माता करण जोहरले उनलाई सोधे, ‘आफ्नो विवाहको स्वयंवरमा तपाईं कुन तीन अभिनेतालाई हेर्न चाहनुहुन्छ ?’

यसमा आलियाले सबैभन्दा पहिला रणबीर कपुरको नाम लिएकी थिइन् । त्यसपछि सलमान खान र आदित्य रोय कपुरको थियो ।

त्यसपछि करणले दुई अन्य प्रश्न गरे त्यसको जवाफमा पनि आलियाले रणबीर कपुरकै नाम लिइन् । करणले आलियालाई ‘स्टिमी सिन’ अर्थात् कामोत्तेजक सीन कोसँग गर्न चाहनुहुन्छ र विवाह कोसँग गर्न चाहनुहुन्छ भनेर सोध्दा उनले रणबीर कपुर भनेकी थिइन् । त्यतिबेलाको उनको प्रश्नको जवाफ अब वास्तविकतामा परिणत हुँदैछ ।

आलिया र रणबीरको पहिलो भेटः

यो कुरा निकै कमलाई थाहा छ कि आलिया भट्टको लभ स्टोरीको सुरुवात सञ्जय लीला भंसालीको सेटमा भएको थियो । आलिया भट्टले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘मैले सन् २००५ मा पहिलो पटक रणबीर कपुरलाई देखेको थिएँ र त्यति नै बेला रणबीरमाथि क्रश भएको थियो ।’

उनले भनेकी थिइन्, ‘जब मैले सञ्जय लिला भंसालीको फिल्म ब्ल्याकका लागि अडिसन दिइरहेकी थिएँ तब रणबीर त्यहाँ एक सहायकको रुपमा काम गरिरहेका थिए । त्यति नै बेला उनलाई देख्ने बित्तिकै मैले उनलाई मेरो मन दिइसकेको थिएँ ।’

कहिले देखिए सँगै ?

आलिया भट्ट र रणबीर कपुरको अफेयरको चर्चा यी दुईले निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ साइन गरेपछि सुरु भएको थियो ।

सुरुमा धेरैलाई लाग्यो कि यो कुरा फिल्म ब्रह्मास्त्रको सुटिङको हिस्सा हो तर क्रमशः गसिप सुरु भयो र ब्रह्मास्त्रको सुटिङ भएदेखि नै उनीहरुको डेटिङ सुरु भएको थियो ।

अफेयरको खबरले त्यतिबेला बल पायो जब आलिया र रणबीर सोनम कपुरको विवाहको रिसेप्सनमा पहिलो पटक एक-अर्काको हात समातेर पुगे । त्यसपछि थुप्रै अवार्ड कार्यक्रममा यी दुईलाई सँगै देख्न थालियो ।

नितू कपुरलाई असाध्यै मनपर्छ आलियाः

आलिया भट्ट अब कपुर परिवारको सदस्य बन्ने भएकी छिन् । यसअघि उनी फिल्ममा कपुर परिवारसँग काम पनि गरिसकेकी छिन् ।

आलियाले आफ्नो पहिलो फिल्म ‘स्टूडेंट अफ द इयर’ मा अभिनेता ऋषि कपुरसँग काम गरेकी थिइन् । त्यसपछि आलियाले ऋषि कपुरसँग फिल्म ‘कपुर एंड संस’ मा पनि अभिनय गरिन् ।

ऋषि कपुरले थुप्रै पटक आलिया भट्टको अभिनयको तारिफ पनि गरेका थिए । उनले थुप्रै पटक आलिया आजको युवा कलाकारमा सबैभन्दा बढी प्रतिभाशाली अभिनेत्री एक रहेको बताएका थिए ।

ऋषि कपुरसँग झैँ आलियाको सम्बन्ध रणबीरकी आमा र अभिनेत्री नितू कपुरसँग पनि असाध्यै विशेष रह्यो । आलियाको तारिफ गर्दै नितू कपुर भन्छिन्, ‘म आलियालाई असाध्यै प्रेम गर्छु । आलिया निकै राम्रो मानिस हुन् । र असाध्यै प्यारी छिन् । यी दुई निकै राम्रो जोडी बन्न सक्छा् र मलाई अब उनीहरुको विवाहको विशेष प्रतीक्षा छ ।’

कपुर परिवारसँग देखिन थालेकी थिइन् आलियाः

रणबीर कपुर बलिउडका ती हिरोमध्ये एक हुन् जसको नाम थुप्रै अभिनेत्री जस्तै दीपिका पादुकोण, कट्रिना कैफ र सोनम कपुरसँग जोडिइसकेको छ । तर रणबीर कपुरको पारिवारिक समारोहमा उनकी प्रेमिका र परिवारलाई सँगै भने पहिलो पटक देखिएको थियो ।

आलिया भट्ट आफ्ना पिता महेश भट्ट र आमा सोनी राजदानसँग कपुर परिवारका थुप्रै पारिवारिक कार्यक्रमबाहेक लञ्च र डिनमा देखिन थालिन् । यतिमात्रै होइन शशि कपुर र ऋषि कपुरको मृत्युपछि पनि आलिया भट्ट कपुर परिवारको दुःखमा समावेश भएको देखिइन् ।

रणबीर र आलिया थुप्रै टिभी विज्ञापनमा पनि सँगै देखिएका छन् । अब विवाह पछि ब्रह्मास्त्र फिल्ममा उनीहरु सँगै देखिने भएका छन् ।

यो फिल्मको सुटिङ निकै लामो समयदेखि चलिरहेको थियो । कोरोनाका कारण फिल्म बन्न धेरै नै समय लाग्यो । यो फिल्ममा रणबीर र आलियाबाहेक अभिनेता अमिताभ बच्चन पनि देखिनेछन् जसको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् ।

यो फिल्मलाई तीन भागमा देखाइनेछ र यसको पहिलो भाग ९ सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ । बीबीसी

 

प्रकाशित मिति: Apr 11, 2022

प्रतिक्रिया दिनुहोस्