Logo
२५ बैशाख २०८१, मंगलबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्तमान सरकार भागबण्डामा केन्द्रीत रहेकाले अर्थतन्त्रबारे सोच्नै सकेन : खतिवडा

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले बर्तमान सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले सरकार तस्करी तथा विचौलियाहरुको चंगुलमा फसेको आरोप लगाएका हुन् ।

तीब्र आयातलाई रोक्न, रेमिट्यान्स आयातमा व्यवस्थित गर्न तथा उत्पादनमा जोड दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नर माथि गलत कदम चालेको आरोप लगाए ।

त्यस्तै उनले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाए । तर, यसबाट काँग्रेसले अहिले पनि नचेतेको उनले बताए ।

‘आफ्नो मान्छे, तस्कर तथा बिचौलियाहरुलाई कहाँ नियुक्ति दिने र कहाँबाट कहाँ सरुवा भरुवा गर्न सकिन्छ भनेर सरकार लागेको छ, उनको आरोप छ । तर मुलुकको आर्थिक अवस्थालाई सामान्यीकरणमा कसरी लैजान सकिन्छ त्यसतर्फ सरकारले सोच्न नसकेको उनको आरोप थियो ।

सम्पती शुद्धीकरण जस्ता समस्यामा डुबेको सरकारले थप शंकाको रुपमा रहेको आयातित पैसामा अर्थमन्त्रीले नै राष्ट्र बैँकमाथि हस्तक्षेप गरेर स्वीकृत दिन लाग्नु दुःखको कुरा रहेको उनले बताए ।

‘अहिले पनि काँग्रेसले चेतेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन, यसअघि गभर्नरमाथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कि त राजाको श्रीपेच भएको नोट चलाउनुपर्थ्यो कि त चुप लागेर बस्नुपर्ने अवस्था बनेको थियो । फेरि सरकार सोही घटना दोहोर्याउने पथमा अघि बढेको छ । यसले मुलुकलाई थप संकट ल्याउनेमा कुनै दुविधा छैन’ खतिवडाले भने ।

सरकारको गल्तीको ढाकछोप गर्नकै लागि यस्तो कदम चालिएको भन्दै पूर्वमन्त्री खतिवडाले यस्तो गल्ती नगर्न आग्रह गरे ।

 

 

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्