Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता रामचरण किन खाली खुट्टा पुगे फिल्म हल ?

साउथ फिल्म सुपरस्टार अभिनेता रामचरण अहिले एकदमै चर्चामा आएका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ र उनी अहिले आरआरआर फिल्मका कारण र्दशकसामु चर्चामा छाएका छन् । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ ।

उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै खाली खुट्टा हलमा पुगेका छन् ।
रामचरण फिल्म हलमा कालो कुर्ता र पायजामा लगाएर हातमा सुन्तला रङको कपाड र घाँटीमा रुद्राक्षको माला लगाएर पुगेरका थिए । भने, उनले खुट्टामा जुत्ता-चप्पल केही लगाएका थिएनन् ।

उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा आफ्नो फिल्मको लागि दर्शकको माया कस्तो रहेछ भनेर हेर्न गएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रामचरणलाई फिल्म हलमा देखेका दर्शक निकै उत्साहित देखिन्थे । उनलाई छुन खोजेका दर्शकको भिड थियो ।
रामचरण अय्यप्पा स्वामीका भक्त हुन् । उनी यसरी नै माला लगाएर धेरै पटक मन्दिर जाने गरेका छन् । उनी ४१ दिनसम्म शाकाहारी खाना नै खानेछन् ।

उनले केरलामा भएको सबरीमालामा अय्यप्पा स्वामी मन्दिरमा गएर अनुष्ठान समापन गर्नेछन् । उनी २० वर्षदेखी स्वामीका भक्त हुन् । उनी सधैं चन्दनको टीका लगाएर हिँड्ने गर्छन् । एजेन्सी

 

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्