Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आखिर किन बनाइन् कंगना रनौतको शाहरुख अक्षय र रणबीर सिंहलाई निशाना !

अभिनेत्री कंगना रनौतले विवादको रानी भनेर चिन्छिन् । उनी सामाजिक सञ्जालमा उनी एकदमै सक्रिय हुने अभिनेत्री मध्ये एक हुन् ।

त्यस्तै पछिल्लो समयमा उनले ओटीटीमा एकता कपुरको विवादित शो लक अप होस्ट गरिरहेकी छन् ।रनौतले उक्त कार्यक्रमा होस्ट गर्दै   यसपटक शाहरुख खान र अक्षय कुमारजस्ता स्टार्समाथि निशाना साँधेकी छिन् ।

रियालिटी शो बिग बसजस्तै ओटीटीमा एकता कपुरले एउटा शो ल्याएकी छिन् । जसका नाम हो लक अप । यो शोमा प्रतियोगीले एक–अर्कामाथि खुल्ला रुपमा गाली गरिरहेको देख्न सकिन्छ, कतिपटक कतिले त सीमासमेत नाघ्ने गर्छन् । तर यो शो होस्ट गरिरहेकी कंगनाले सधैँ आफ्नो शो अन्य शोभन्दा भिन्न भएको दाबी गर्ने गर्छिन् ।

कतिपटक उनले नाम नलिइकनै बिग बसमाथि निशाना साँधेकी छिन् । तर यसपटक उनको निशानामा हिन्दी फिल्म इन्डष्ट्रिका थुप्रै चर्चित अनुहार छन् । इन्स्टाग्राममा कंगनाले थुप्रै सफल कलाकार जस्तै शाहरुख खान, अक्षय कुमार, प्रियंका चोपडा र रणवीर सिहंले होस्टिङमा हात बढाएको बताएकी छिन् ।

यसरी भूमिका बाँध्दै उनी लेख्छिन्, ‘उनीहरुको करियर भलै सफल रहेको होस् तर उनीहरु होस्टिङमा सफल हुन सकेनन् । यो असफल होस्ट हो । अहिलेसम्म श्री अमिताभ बच्चन जी, सलमान खान जी र कंगना रनौतले नै सुपरस्टार होस्सट बन्ने गौरव हासिल गरेका छन् । म यो लीगमा संलग्न भएर आफूले आफैंलाई सम्मानित महसुस गरिरहेकी छु ।’

यतिमा मात्रै रोकिइनन् । उनले थपेकी छिन्, ‘कास, मैले यस्ता कुरा स्पष्ट पार्नु पर्दैनथ्यो । तर इर्ष्यालु फिल्म माफियाले मलाई र मेरो शोलाई बदनाम गर्नका लागि सबैकुरा गरिरहेका छन् । त्यसैले मैले यी कुरा गर्नु परिरहेको छ र मलाई यसमा कुनै अफसोस छैन । ’

अन्त्यमा कंगनाले लेखेकी छिन्, ‘आफ्नो पीढीको एकमात्र सफल होस्ट हुनु अदुभूत हो । अमिताभ बच्चन कौन बनेगा करोडपतिका होस्ट हुन्, सलमान खान बिग बसका । शाहरुख खानले एकपटक केबीसीको होस्टिङ गरेका थिए जुन खासै सफल हुन सकेको थिएन । जबकी अक्षय कुमारले खतरों के खेलाडी होस्ट गरिसकेका थिए । यस्तै, रणबीर सिंहले द बिग पिक्चर शोको होस्टिङ गरेका थिए ।’

 

 

 

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्