Logo
१७ बैशाख २०८१, सोमबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपेन्द्र सिंह बने टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी

दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी-२० शृङ्खलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् ।

उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् ।उनले १३औँ ओभरमा २१ रन जोडेका थिए ।दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्ध शतक समेत प्रहार गरेका छन् ।

उनले यही शृङ्खलाबाटै पूर्व कप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए ।

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्