Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री मलाइका चढेको गाडी दुर्घटना, अस्पतालमा उपचार हुँदै

बलिउडकी अभिनेत्री मलाइका अरोडाको गाडी भारतकाृ गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

खबरका अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो ।दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् ।भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चोट लागेको छ ।

खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन् ।

मलाइका अरोडाका नजिकका साथीले इन्डिया टुडेलाई दिएको जानकारी अनुसार मलाइकाको घाउमा टाँका लगाइएको छ र हाल उनको अवस्थामा राम्रो छ ।

उनका अनुसार मलाइका दुर्घटनाका कारण ‘शक’मा भने परेकी छिन् । टाउको नजिकै उनले कुशन राखेको भएर उनलाई खासै चोट नलागेको पनि ती साथीले जानकारी दिए ।

 

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्