Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस ड्राइभरका छोरा कसरी बने सुपरस्टार यश, एउटा फिल्मको कति लिन्छन् पारिश्रमिक?

दक्षिण भारतीय फिल्मका सुपरस्टार मध्ये एक हुन अभिनेता यश । यशको वास्तविक नाम नविन कुमार गौडा हो । उनी आफ्नो स्टेज नेम यशबाट चर्चित छन् ।

कर्नाटकको हसन जिल्लामा रहेको बुभानाहल्ली गाउँमा मध्यम वर्गीय परिवारमा यशको जन्म भएको थियो, उनका पिता ढुवानी क्षेत्रमा काम गर्दथे ।

बीएमटीसी ट्रान्सपोर्ट सर्भिसमा ड्राइभरको रुपमा काम गरे । खबरलाई विश्वास गर्ने हो भने यशका पिता अहिले पनि बस ड्राइभर हुन् जबकी उनका छोरा यति ठूला स्टार छन् ।

यशकी आमा गृहिणी हुन् । यशको बालापन मैसुरमा बित्यो । यस्तै उनले महाजना एजुकेसन सोसाइटीबाट प्रि युनिभर्सिटी कोर्स गरे । पढाई पुरा गरेपछि यशले बेनाका ड्रामा ट्रुप जोइन गरे ।

साउथका स्टार यशको फिल्म त तपाईंले हेर्नुभएको होला । अरु फिल्म हेर्नुभएको छैन भने पनि केजीएफ त पक्कै पनि हेर्नुभएको होला ।

केजीएफ च्याप्टर वान बाट धमाका मच्चाएपछि यश एकपटक पुनः एक्सन एन्टरटेनरबाट धुम मच्चाउनका लागि तयार छन् । केजीएफ च्याप्टर टु अर्को महिना १४ अप्रिलमा रिलिज हुँदैछ । यशको पावर प्याक्ड एक्सनले भरपुर यो इन्टेन्स ड्रामा पुनः बक्स अफिसमा धुम मच्चाउने तयारीमा छ ।

कन्नड फिल्म इन्डष्ट्रिका सर्वाधिक कमाउने अभिनेताको सूचीमा रहेका यशका लागि सफलता हासिल गर्नु त्यति सहज भने थिएन । सफल बन्नका लागि यशले कडा मेहेनत गरेका छन् । आज हामी तपाईंलाई एक मध्ययम वर्गीय परिवारबाट आएका यशले कसरी स्टारडम हासिल गरे भन्नेबारे जानकारी लिऔँ ।

यशले आफ्नो एक्टिङ करियर सन् २००५ मा टिभी सिरियल नन्दा गोकुलाबाट सुरु गरेका थिए । त्यसपछि उनी मालेबिलु ‘मुख्ता’ , ‘प्रिती इलाडा मेले’ जस्ता थुप्रै शोजमा देखिए । सुरुवातमा यशले आफ्नो पहिचान बनाउनका लागि असाध्यै संघर्ष गरे । उनी साना तिना भूमिकामा देखिने गर्दथे ।

यशको कमर्सियल सोलो हिट फिल्म सन् २०१० मा आएको थियो । फिल्मको नाम मोडालासा थियो । त्यसपछि उनको करियर चम्किन थाल्यो । उनी फिल्म राजधानीमा देखिए, यसले पनि राम्रो रिभ्यू पायो । उनको प्रस्तुतीको पनि तारिफ भयो । यसै वर्ष उनको फिल्म किराताका आयो । यो व्यावसायिक रुपमा सफल भयो ।

यशको हिट फिल्ममा लकी, जानुु, ड्रामा, गुगली, मिस्टर एन्ड मिसेस रामाचरी, मास्टरपिसजस्ता फिल्म समावेश छ । क्रमशः रुपमा हिट फिल्मले यशलाई स्यान्डलवुडको अत्यधिक कमाउने अभिनेता बनाइदियो ।

यशको भाग्यमा यति चर्चा पर्याप्त थिएन, उनले त अरु पनि सफलता पाउनु थियो । त्यसपछि सन् २०१८ मा यशको फिल्म केजीएफ आयो । यो फिल्मले अत्यधिक सफलता हात पार्यो । हेर्दा हेर्दै यश पूरा देशले मनपराइएका स्टार बने । ठूलो बजेटको ठूलो फिल्म केजीएफ कन्नड सिनेमाको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ।

खबरका अनुसार यश एउटा फिल्मको १५ करोड भारु पारिश्रमिक लिन्छन् ।यशले पूर्व कन्नड नायिका राधिका पंडितसँग विवाह गरेका छन् । लामो समयसम्म सम्बन्धमा रहेपछि उनीहरुले आफ्नो सम्बन्ध स्वीकार गरे । ९ डिसेम्बर सन् २०१६ मा उनीहरुको विवाह भयो ।

उनीहरुका दुई सन्तान छन् । राधिका र यश पहिलो पटक टेली सिरियल नन्दा गोकुलमा भेटेका थिए । त्यसपछि उनीहरुले डेटिङ गरे । उनीहरुले थुप्रै फिल्ममा काम पनि गरे । यशसँग विवाह गरेपछि राधिकाले अभिनयबाट ब्रेक लिए । उनले आफ्नो नीजि जीवनलाई बढी महत्व दिने सोचिन् । स्रोत : रातोपाटी

 

 

 

 

 

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्