Logo
१७ बैशाख २०८१, सोमबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पीएनजीविरुद्ध नेपाली क्रिकेट टिमको विशेष खेल

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२:३० बजे सुरु हुनेछ ।पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ । किनकि यही खेलबाट नेपालले टी-२० अन्तर्राष्ट्रियमा ५० खेलको कोशेढुंगा पूरा गर्नेछ ।

सन् २०१४ मा बङ्गलादेशमा आइसिसी टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले त्यही पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीन वटै खेलले टी-२० मान्यता पाएको थियो ।नेपालले हङकङसँग त्यो ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेलेको थियो र त्यसमा जित हात पारेको थियो ।

चट गाउँमा भएको उक्त खेल नेपालले ८० रनले जितेको थियो । खेलमा शक्ति गौचन म्यान अफ दि म्याच भएका थिए ।

नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।

बङ्गलादेशबाट सुरु भएको टी-२० अन्तर्राष्ट्रिय यात्रामा नेपालले आयरल्यान्ड, युएई, लर्ड्स, ओमान लगायत ठाउँ पुगिसकेको छ ।

संयोग नेपालले ऐतिहासिक ५० औँ खेल घरेलु मैदानमा खेल्दै छ ।नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार व्यहोर्दा एक खेल नतिजा विहीन बनेको थियो । नेपालको जित प्रतिशत ५६.२५ रहेको छ ।

 

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्