Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म केजीएफ-२ को ट्रेलर रिलीज, एकैदिनमा नै ट्रेन्डिङ ‘वान’ मा

google

दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ-२ को ट्रेलर रिलीज भएको छ । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ ।  पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् ।यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो ।

यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज बटुलेर ट्रेन्डिङ वानमा पर्न सफल भएको छ । हालसम्म कुनै पनि भारतीय चलचित्रले पहिलो २४ घण्टामा यति भ्यूज पाएको थिएन । ट्रेलरमा सञ्जय दत्ता, रवीना टंडनले दर्शकको ध्यान खिचेका छन् । पहिलो च्याप्टरमा साउथका चर्चित अभिनेता यशको मुख्य भूमिका रहेको थियो ।

हिन्दी भर्जनमा ५४ मिलियिन भ्यूज भएको छ भने तलुगु, कन्नड, तमिल र मलियालममा पनि उत्तिकै मात्रामा भ्यूज देखिएको छ । यो फिल्ःम अप्रिल १४ मा रिलीज हुँदैछ ।एजेन्सी

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्