Logo
१७ बैशाख २०८१, सोमबार
(March 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीआरआई परियोजना कार्यान्वयनमा लैजान चिनियाँ विदेशमन्त्रीसँग प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई परियोजना कार्यान्वयनमा लैजान चिनियाँ विदेशमन्त्री वाङ यी लाई प्रचण्डले आग्रह गरेका छन् ।

आज भएको भेटवार्तामा प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीलाई बीआरआई लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषय आग्रह गरेका हुन् । उक्त भेटमा दुवै पक्ष बीआरआई लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ ।

चिनियाँ विदेशमन्त्री यी र माओवादी नेताहरुको भेटवार्तामा सहभागी नेता शक्ति बस्नेतले दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धका बारेमा चर्चा भएको बताए ।

त्यसक्रममा चिनियाँ पक्षले नेपालका सवै राजनीतिक पार्टीसँगको सम्बन्ध सुदृढ हुँदै गएको बताएका थिए । त्यसक्रममा माओवादी नेतृत्वले आफ्नो तर्फबाट नेपाली भूमी चीन विरोधी गतिविधिमा संलग्न हुन नदिन पहल गर्ने विश्वास दिलाएको थियो ।

साथै  चिनियाँ पक्षले नेपालले विकास प्रयासमा लिने कुनै पनि निर्णयको चीनले सम्मान गर्ने बताएको भेटमा सहभागी नेता बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: Mar 27, 2022

प्रतिक्रिया दिनुहोस्