Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता !

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा मुद्दा दर्ता भएको छ । सोनाक्षीमाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए ।

घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिएकी थिइन् ।एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम-५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् ।

अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पुगेको आरोप लगाएका छन् ।

यो उजुरी दर्ता भएपछि अदालतले प्रार्थना पत्र स्वीकार गर्दै अप्रिल ४, २०२२ मा सुनुवाईको मिति निश्चित गरेको छ ।मुरादाबादको कठघर थाना क्षेत्र निवासी प्रमोद शर्माले नायिका सोनाक्षी सिन्हासमेत पाँचजनामाथि धोका दिएको भन्दै मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दामा सोनाक्षीविरुद्ध अदालतबाट जमानती वारेन्ट जारी भएको थियो । यसबारे सोनाक्षीको बयान पत्रिकामा छाप्यो जसमा उनले प्रमोद शर्माविरुद्ध अपशब्द प्रयोग गरेकी थिइन् । एजेन्सी

 

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्