Logo
१७ बैशाख २०८१, सोमबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिने भ्रमणका लागि आज चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज साँझ नेपाल आउँदै छन् । नेपालको तीन दिने  भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आउँदै आउन लागेका हुन् ।

दक्षिण एशियाली देशहरुको भ्रमणका क्रममा वाङ नयाँदिल्ली हुँदै शुक्रबार काठमाडौं आउन लागेका हुन् ।नेपाल बसाइको क्रममा चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भोलि शनिबार नेपाल र चीनबीच दुई पक्षीय वार्ता हुने छ । वार्तापछि चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गतका सहयोग परियोजनाहरुको कार्यान्वयन सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

यस्तै, संयुक्त सीमा निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सञ्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा पनि हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र स्रोतले बताएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने वाङ विशिष्ट व्यक्ति रहेका छन् ।

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्