Logo
२३ बैशाख २०८१, आईतबार
(April 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

 कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए । उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए ।

उनले सोही दिन राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: Apr 24, 2024

प्रतिक्रिया दिनुहोस्